दाङ- दाङमा दाजुभाइ मृत फेला परेका छन् ।तुलसीपुर उपमहानगरपालिका(१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी कोठाभित्र मृत्त अवस्थामा फेला परेका हुन् ।सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत्तक टेकबहादुरकी श्रीमतीले आफू माइती रुकुम पश्चिम गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेपछि प्रहरीले आज मङ्गलवार मात्रै कोठाको ढोका खोलेर अनुसन्धानको प्रक्रिया शुरु गर्ने भएको छ ।