दार्चुला : दार्चुलामा बिहिवार बिहान जीप दुर्घटना भएको छ । खलंगा- दल्लेख सडकखण्डको काटै खोलामा जीप दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलंगाबाट काटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जीप महाकाली नगरपालिका-३ काटैस्थित खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जीप दुर्घटना हुँदा जिपमा सवार चार जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।जीप सडकमा पल्टिएको बताइएको छ ।