बझाङकाे चैनपुरमा डोजर पल्टिँदा चालकको मृत्युु

काठमाडौं – बझाङकाे चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।

गएराति  पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा  बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्युु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

बसपार्कबाट जयपृथ्वी नगरपालिकाकाे कार्यालयतर्फ जाँदै गर्दा डाेजर सडकबाट खसेको र कठायतकाे सिटमुनि च्यापिँदा घटनास्थलमै ज्यान गएकाे चाैधरीले बताए  ।

Leave A Reply

Your email address will not be published.