कञ्चनपुरमा ५ वर्षिय बालक मृत भेटिए

दार्चुला ।कञ्चनपुरमा एक बालक मृत भेटिएका छन्। जिल्लाको दोधाराचाँदनी नगरपालिका–७मा ५ वर्षिय बालक मृत अवस्थामा भेटिएका हुन्।

 

५ वर्षिय सुशान्त बुढा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मामा घरमा बस्दै आएका बुढा शनिवार बेलुकादेखि बेपत्ता थिए। बेपत्ता रहेका उनी आज मामाको घरदेखि दुईसय मिटर पर रहेको खल्लामा भेटिएका हुन्।

 

शनिवार बेलुका ४ बजे उनी घरबाट निस्किएको बताईएको छ। बेलुका अबेरसम्म घर नआएपछि उनको खोजी थालिएको थियो।  स्थानीय र प्रहरीले आईतवार दिनभर खोजी गर्दा मृत भेटाएका हुन्। घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.