धनगढीका सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फाले

काठमाडौं – धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन्। धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन्। घटना बुधवार (आज) विहान करिब ११ः२० को हो।

घरायसी विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ। हाम फालेका अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लगिएकोमा मृत्यु भइसकेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.