कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

दार्चुला  – कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। बुधबार गौरीगंगा नगरपालिका–४ राजीपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो।

राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीले चलाएको उक्त ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाउनु भयो। प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताउनुभयो।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.