पञ्जाबलाई ६ रनले हराउँदै बेङ्गलोर प्लेअफमा

दार्चुला पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलोर इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यूएईको शारजाहमा बेङ्गलोरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो । प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो । तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ ।

योसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स र बेङ्गलोर प्लेअफमा पुगेका हुन् । अब प्लेअफमा पुग्ने एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

अहिले कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेलिरहेका छन् । हैदराबाद पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ भने अघिल्लो चरणमा पुग्न कोलकत्तालाई आजको खेल राम्रो रन रेटमा जित्नैपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.