मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार गरिदै

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

मार्बल बनाउने ढुङ्गा बोकेको आर.जे. २९ जी.बी.१५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धारको प्रयास जारी छ ।

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए ।प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्वल उद्योगमा लागि आएको थियो ।

Leave A Reply

Your email address will not be published.