दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ।
आज साँझ मन्त्रीहरुको शपथ रहेको छ। आज विस्तार गरिएको मन्त्रिपरिषद्मा सुदूरपश्चिमबाट दुई मन्त्री बनेका छन्। डोटीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका प्रेम आले र दार्चुला कांग्रेसबाट समानुपातिक सांसद दिलेन्द्रप्रसाद बडु मन्त्री बन्नुभएको हो।
बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिईएको छ, भने आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ।