कर्णाली नदीमा डुंगा पल्टियो, युवती बेपत्ता

दार्चुला । कर्णाली नदीमा डुंगा पल्टिदा एक युवती बेपत्ता भएकी छन्। कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिकाबीचको कर्णाली नदीमा डुंगा पल्टिए युवती बेपत्ता भएकी हुन्। डुंगा पल्टिदा चौकुने –१० घाटगाउँ कि १८ वर्षकी अनिता विक बेपत्ता भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार मोहन्याल–३ कैलालीको किनारमा पुग्दै गर्दा पल्टिएको हो। डुंगामा पाँच सवार थिए। अनिता बाहेक सबैको सकुशल रहेछ छन्। घटनास्थलमा बाबियाचौरबाट प्रहरी पुगि बेपत्ता युवतीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.