दार्चुला– कञ्चनपुरमा गृहकार्य नगरेको भन्दै शिक्षकले एक जना विद्यार्थीमाथि कुटपिट गर्दा हात भाँचिएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका –६ ऐठपुरस्थित लिटिल स्टार माध्यमिक विद्यालयका अंग्रेजी शिक्षक प्रेमबहादुर चन्दले ९ वर्षीय बालक सन्देश देउवालाई लाठी प्रहार गर्दा उनको हात भाँचिएको हो। कक्षा ४ मा अध्ययनरत सन्देश लाई मंगलबार दिउँसो चन्दले गृहकार्य नगरेको भन्दै कुटेको उहाका बुबा जनक देउवाले बताउनुभयो। उनका अनुसार सन्देशको हातका औलाले राम्रोसँग काम गरिरहेका छैनन् भने महाकाली प्रादेशिक अस्पतालका डाक्टरले हातमा प्लाष्टर गर्न सुझाव दिएका छन्।उक्त विद्यालयका प्रिन्सिपल समरजंगबहादुर चन्दले भने शिक्षक प्रेमले डराउन खोज्दा भुलवश हातमा लौरो लागेको बताउँदै सन्देशका अभिभावकसँग माफि मागिएको र उनको उपचार आफूहरुले गर्ने बताउनुभयो ।