नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हरायो

दार्चुला-  आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले हराएको छ ।
नामिबिया पहिलो पटक सुपर १२ मा प्रवेश गर्दैआबुधाबीमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । यससँगै नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भएको छ ।
स्कटल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाको जितमा जेजे स्मिथले अविजित रहँदै ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डेबिड विएसले १६ रन बनाए । स्कटल्यान्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले १र१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।

Leave A Reply

Your email address will not be published.