शहरी विकास मन्त्री झाक्री बिरामी, वीर अस्पताल भर्ना

दार्चुला – शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्।

निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना भएकी हुन्। झाक्रीको कोरोना संक्रमण नेगेटिभ आएको अस्पतालले जनाएको छ।

उनलाई निमोनिया भएकोले अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ।

उनका श्रीमानलाई भने कोरोना संक्रमण देखिएको छ।

Leave A Reply

Your email address will not be published.