शैल्यशिखरमा अवैध सामानसहित एकजना पक्राउ

दार्चुला- दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्।

अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको घोडा बिडी ३८ पेटी, चाबी सलाई ९ पेटी, हाईक्लास सुर्ती ३ पेटी र भारतिय चप्पल ३५९ जोर बरामद गरि उक्त सामानसहित शैल्यशिखर नगरपालिका–९ बस्ने ४२ वर्षीय बाबुदेब जोशी पक्राउ परेका हुन्।

शैल्यशिखर नगरपालिका–८ देवल बस्ने ५० वर्षीय राम दत्त जोशीको घरमा गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका सामानसहित जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.