काठमाडौँ–गृहमन्त्री रमेश लेखकले आफ्ना विरुद्ध कहीँ उजुरी नपरेको बताएका छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि पत्रकार सम्मेलन गर्दै लेखकले प्रश्न गरे, ‘मेरा विरुद्ध कहीँ उजुरी छ रु कहीँ छानिबन भइरहेको छ ?’
तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको हुनाले आफूले राजीनामा दिनुपर्ने आवाज उठाएको उनले बताएका छन् । संसद् भवनमा बुधबार पत्रकार सम्मेलन गरेर लेखकले सोधे, ‘म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’
आपराधिक कार्यको दायित्व अपराध गर्नेमा मात्र सीमित हुने निष्कर्ष सुनाउँदै लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुखले गरेको कामको दायित्व आफूले लिनु नपर्ने बताए ।