दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिका–५ बगौरा, भङगेरीधारमा घरभित्र पसेको भालुको उद्धार गरिएको छ । शुक्रबार बेलुका गम्भीर घाइते अवस्थामा रहेको भालु स्थानीय रामदत्त जोशीको घरभित्र पसेपछि प्रहरी र डिभिजन वन कार्यालय दार्चुलाको टोलीले नियन्त्रणमा लिएको थियो। डिभिजन वन कार्यालयका वन अधिकृत प्रमानन्द कुँवरका अनुसार उद्धारपछि घाइते भालुको मृत्यु भएको हो ।
उक्त भालुले हिजो साँझ स्थानीय कलावती रावललाई आक्रमण गरेर घाइते बनाएको थियो। घाइते रावलको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।