दार्चुलामा स्यालको आक्रमणबाट चार जना घाइते

दार्चुला — जिल्लाको ब्यास गाउपालिका–६ मा जंगली स्यालको टोकाईबाट चार जना स्थानीय घाइते भएका छन् । आइतबार हिजो दिउँसो घर नजिकैको बनमा घास काट्ने क्रममा स्यालले आक्रमण गरी तीन जनालाई घाइते भएको स्थानीयले बताएका छन् ।
ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरका अनुसार स्यालको आक्रमणबाट ब्यास–६ बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँका ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएको जानकारी दिएका छन ।

त्यस्तै चार दिन अगाडी जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको स्थानीयहरुले जानकारी दिएका छन । आइतबार दिउसो घर नजिकैको वनमा घास काट्न गएका बेला उनिहरुलाई स्यालले टोकेको बताइएको छ ।

घाइते भएका स्थानीयलाई ब्यास–६ खातीगाउमा रहेको ग्रामीण स्वास्थ ईकाइ केन्द्रमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याएको र त्यहाँबाट पनि थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाकारी दिएको छ । यसैविच वडा कार्यालयले एक सुचना जारी गदैँ जंगली स्यालको टोकाईबाट बच्न आवश्यक सचेतना अपनाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.