दार्चुला :दार्चुलामा नयाँ जिल्ला न्यायाधीशको रुपमा भुवन गिरी आउने भएका छन । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उनको सरुवा गरेको हो ।
आचरणमा प्रश्न उठेपछि सर्वोच्च तानिएका पुष्पराज पाण्डेको ठाउँमा न्याय परिषदको बैठकले न्याय परिषदमै रहेका गिरीलाई नयाँ न्यायाधिशको रुपमा दार्चुला पठाएको छ ।
बैठकले उच्च अदालतका ८८ जना र जिल्ला अदालतका १२२ न्यायाधीशको एकै पटक सरुवा गरेको छ ।