दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन ।

विहिबार आज विहान जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाड तर्फ गइरहेको जिप दुर्घटनामा परेको हो । जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार गम्भीर घाइते हुनेमा २५ वर्षिया पार्वती टमटा, २६ वर्षिय मोहन ठगुन्ना, १८ वर्षिय अप्सरा महता र ३५ वर्षिय उमेश ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

गाडी चालक लाकेन्द्र सिह ठगुन्नाले चलाएको गाडी  सुपप्र ०४००१ ज ०१०३ नम्बर जिप दुर्घटना भएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको उहाँले बताउनु भयो । गाडीमा जम्मा ११ जना सवारी रहेको पनि बताइएको छ । अन्य ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.