दार्चुला । दार्चुला उद्योग बाणिज्य संघको कार्यालयबाट आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टोलीले बुधबार र बिहिबार दुई दिनमा २२५ जनालाई सेवा कर तथा राजश्व सम्बन्धि सेवा दिएको छ ।
आन्तरिक राजश्व कार्यालय डडेल्धुराको टुरमुकाम टोलीले भदौ ४ गते बुधबार ६० जना र बिहिबार १६५ जना गरी दुई दिनमा २२५ जनालाई सेवा दिएर फर्किएको उद्योग बाणिज्य संघ दार्चुलाका बरिष्ठ उपाध्यक्ष विसन सिह बोहराले बताए
भदौ ७ गतेसम्म सेवा दिने योजना भएपनि आन्तरिक राजश्व कार्यालयको समय अभाव लगायत विभिन्न कारणले गर्दा दुई दिन मात्रै सेवा दिन सकिएको र सेवा पाउन बाँकी उद्योगी, व्यवसायीलाई सहज सेवा दिन सहजीकरण गरिने उहाँले बताइएको छ । उद्योग बाणिज्य संघ दार्चुलाको अनुरोधमा आन्तरिक राजश्व कार्यालय डडेल्धुराबाट आएको टुरमुकाम टोलीलाई शुक्रबार (आज) विदाई गरिएको छ ।
आन्तरिक राजश्व कार्यालयको टोलीले व्यवसाय दर्ता गर्ने, बन्द गर्ने, नवीकरण तथा करचुक्ता लगायत करसंग सम्बन्धित विभिन्न सेवा दिएको बताइएको छ । व्यवसायीले करचुक्ता वा व्यवसाय दर्ताका लागि डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग बाणिज्य संघले हरेक वर्ष टुरमुकाम टोली बोलाएर सेवा दिदै आएको उहाँको भनाई छ ।