आमा : निर्मला धामी

आमा

आमा भन्ने शब्द कति महान?
अनि कति ?ठूलो है!
शब्दकोषमा पनि अटाउन नसकिने!

विस्वभरी चर्चित,मायालु अनि
कुनै चोट लाग्दा पनि बोलिने,
पहिलो शब्द आमा.!!
आमा…..

हजुरले मलाई जन्म दियौ,
दशधारा दूध खुवायौ,हात समाइ हिड्न सिकायौ!
भएभरको काडा आफुले राखी,
बीचमा फलेको फल मलाइ खुवायौ !!
आमा…….

त्यसपछी बोल्न सिकायौ!,
त्यो पनि..
पहिला आमा.. भन्न नलगाई,
बाबा भन् त बाबू भनी,बाबा सब्दबाट गर्यौ सुरु!
त्यसैले त भन्छु, बाबा मेरा साहारा हौ,
आमा महान शिक्षित गुरु!!
आमा……

त्यसपछि एक,दुइ भनी गन्न सिकायौ!
हातका आउला अनि, मकैको दाना गन्दै!!
हजुरले पढ्न सिकायौ,
आफू घोडा बनेर मलाइ, पिठ्युमा चढायौ,
अ-अमला अनि आ-आमा भन्दै!!
कति?महान है मेरि आमा!!
आमा…

ती विगतका दिनहरुको अझै याद छ,
बिर्सेको छैन आमा..!
कोखाइ – कोखाइ भन्दै ,खाना खुवाएकोl
मध्यरातमा बिउझिदा ,
नुनु गर – नुनु गर भन्दै,सुताएको!!
आमा……

अझै याद छ, बिर्सेको छैन
हजुरको त्यो ऋण!,जो,
म हजुरलाई पिडाको बेला,,
सघाएर साथ दिन सक्छु होला,तर
चाहेर पनि म,
हजुरको त्यो ऋण कहिलै तिर्न सक्ने छैन!!

आमा……
ती दिन सम्झिदा मन भारी हुन्छ,
रातभरी छट्पटाहट हुन्छ,
निद्रा पर्नुको त कुरै नगरौ,
हजुरलाई कहिले?सुखै- सुखमा राख्न सकुला सोच्छु!
आमा..यहि कुरा सम्झिदा ,रात बितेको पत्तै हुदैन,
सितको पानीको थोपा झरे झै,
कतिखेर? आँसु झरेर
आधा सिरानी भिजेको , पत्तै हुदैन!!

आमा……
म फेरि आफै निद्रा खुले झै, झसङ्ग हुन्छु,
अनि फेरि सोच्छु….
अँह !यसरी हुदैन ,ढिला भएपनी,
आमाको त्यो फाटेको चोली,सिलाउने धागो र सियो ,
खोज्दै अघि बढ्दै छु ,
म पक्कै भेट्ने छु!!
हे भग्वान!

चोली सिलाउने
त्यो धागो र सियो ,
म एकदिन पक्कै भेटाउने छु, र,
मेरि आमाको चोली ,
एकदिन पक्कै फेर्ने छु!
तेतिन्जेल!!भग्वानरुपि !!
मेरि आमाको सधै ख्याल गरिदिनु है भग्वान!!!

कवि निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।।

Leave A Reply

Your email address will not be published.