गोकुलेश्वर दार्चुला सडकखण्ड सुचारु

दार्चुला । गोकुलेश्वर दार्चुला सडकखण्ड सुचारु भएको छ । सडक माथिबाट पहिरो खसेपछि अवरुद्ध भएको तेर्छालेकमा पहिरो पन्छाएसंगै अबरुद्ध सडक सुचारु भएको हो ।
शुक्रबार हिजो साँझ पहिरो खसेपछि सडक पुर्ण रुपमा बन्द भएको थियो ।

पहिरोमा एउटा जिप समेत फसेको थियो । अवरुद्धसडक आज विहान ११ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ ज ११८४ नम्बर को जिप पहिरोमा फसेको थियो । पहिरोमा फसेको जिप सुरक्षित रुपमा निकालिएको र जिपमा क्षती नभएको प्रहरीले जानकारी दिएको छ ।

सडक अबरुद्ध हुदाँ लामो तथा छोटो दुरीका यातायातहरु ठप्प रहेका थिए । सोही ठाउँमा अहिले पहिरो हटाएर सडक सञ्चालन भए पनि पानी पर्ने बित्तिकै फेरी अवरुद्ध हुने अवस्था सिर्जना भएको छ ।
पटक पटक लामो समय सम्म सडक अवरुद्ध हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या हुने गरेको छ।

Leave A Reply

Your email address will not be published.