आमाको माया
न्यानो काखमा संसार पाउँछु
ममता भरिएको अंगालोमा रमाउँछु!
तिम्रो स्पर्शको दुःख मेटिन्छ,
तिम्रो मुस्कानले जीवन उज्यालिन्छ!
रातभरि निन्द्रा बिर्सी बस्ने,
मेरो लागि सपना साँच्ने!
भोक लागेको बेला तिमी भोकै रहने,
खुसीको लागि आफ्नो खुसी त्याग्ने!
आमा तिमी नै पहिलो शिक्षक,
जीवनको बाटो देखाउने दिक्षक
तिम्रो मायाले घर स्वर्ग हुन्छ,
तिम्रो अँगालोमा सबै डर हराउँछ!
आमा तिमी भगवान् भन्दा महान,
तिम्रो नाम सुन्दा पाउँछु असीम सम्मान
म तिम्रो अंश तिमी मेरो आधार,
सधैं रहोस्, तिमी, मेरो जिवनभरी प्यार आमा!
लेखक: बिस्मती ठगुन्ना दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।