बाबा जीवनको आधार

लेखक :- बिपिना मोहर

बाबा जीवनका आधार

सपना छन् तिम्रा पनि ती सबै मारेर
परिवारको इच्छा सबै पूरा गरेर।
खै कसरी सक्छौ चिन्ता दुख सबै लुकाउँछौ
घर आउँदा एक गिलास पानीले नै खुसी हुन्छौ।

लाग्दैन डर कसैको मेरो शिरमा जब तिम्रो आशीर्वाद हुन्छ
अघि बढ्ने यति हिम्मत हुन्छ मेरो हातमा जब तिम्रो हात हुन्छ।
जुन दिन तिम्रो दुःख बोकेर हिँड्नेछु
म त्यो दिन खुसी हुनेछु
जब आफ्नो मेहनतले तिम्रो सपना पूरा गरेर म आउनेछु।

जब तिम्रो मुखबाट मैले स्याबास पाउनेछु।
अहिले त म केही गर्न सक्दिन तर महसुस गर्नेछौ तब
जब मेरो कमाइले तिम्रो दुई छाक हुनेछ।
मेरो ख्याल अनि सेवाले तिम्रो हरेक रोग नाश हुन्छ बाबा।

लेखक:- बिपिना मोहर मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.