दरबारका स्यालहरु

दरबारका स्यालहरु

चुनाव जित्न संसार जित्छुझै ,भाषण ठोक्छन स्यालहरु
“स्वाभिमानी” जनतालाई खाडलतिर बोक्छन् स्यालहरु ।

आखाँमा छारो हाल्दै ,जुकासरि पसिना चुस्दैछन्
रगताम्मे हातहरुले ,इतिहास मेटाउन कानुन सम्म घुस्दैछन् ।

देशको भलो चिताउनेहरु, सारा माझ मस्तछन्।
कठपुतली झोलेहरु, खुट्टा तान्नमै व्यस्त छन।

अनुपम उपहारले सजिएको देशमा,झोलेहरुकै राज्य छ
लुटेराहरुले राष्ट्रघाती सन्धि गर्दै, परिवर्तनको भाष्य छ।
संसारकै झोले मतदाता हो, देश डुबे नी झोला बोक्छन्
उनकै मतले राज गर्दै धमिराहरु सोझा-साझा ठोक्छन।

धनको लागि जनता बेच्दै , फाइलहरु लुकायौ
आशाका किरणहरुलाई दाम्लाले बेर्दै, स्वाभिमानीको मन दुखायौ।।

लेखक:- प्रेम प्रयास शाहु
ठेगाना- महाकाली नगरपालिका ०२ दार्चुला

Leave A Reply

Your email address will not be published.