दुहुँ गाउँपालिका —३ को वडा कार्यालय क्षति,सेवाप्रवाहमा समस्या (फोटो फिचर )

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा —३ को कार्यालय क्षतिग्रस्त भएको छ ।

विहिबार राती परेको अविरल वर्षाका कारण कार्यालय भवन माथिबाट आएको पहिरोले वडा कार्यालय भवनमा क्षति गरेपछि कार्यालय क्षतिग्रस्त भएको वडाअध्यक्ष देबबहादुर बमले जानकारी दिनुभयो ।


भवन भित्रै पहिरो पसेर ठूलो क्षति भएपछि सेवाग्राहीलाई सेवा प्रवाहमासमस्या भएको उहाँले बताउनु भयो । अहिले क्षतिको विवरण संकलन भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.