आमा: मेरो शाश्वत प्रेरणा र जीवनको उज्यालो

आमा: मेरो शाश्वत प्रेरणा र जीवनको उज्यालो

तिम्रा ती सबै दुःखहरू मेटाउन मन छ,
तिमी जस्तै शाहसी भई जिन्दगी तिमी संगै कटाउन मन छ।
तिमी छौ र त म छु,
संसारलाई तिम्रो महानता बताउन मन छ।

आफू भोको रहि हामीलाई मायाले गास ख्वाउने तिमी,
आफ्ना खुशीहरू र सपनाको त्याग गरी
हाम्रै खुशी र सपनाको लागि संघर्ष गर्ने तिमी।
करुणा र मायाकी खानी तिमी,
कर्तव्य र जिम्मेवारीले बाधिएकी तिमी।

तिमीले दिएको माया र असीम ममता सम्झी,
तिमीले नै देखाएको यो उज्यालो संसारमा
तिम्रै हात समाई हिंड्न मन छ।
तिमीले म माथि गरेको विश्वास र देखेका सपनाहरू साकार बनाई
तिमीलाई मुस्कुराएको हेर्न मन छ।

यो संसारलाई तिम्रै महानता बताउन मन छ।
आमा, यो जिन्दगी तिम्रै काखमा बिताउन मन छ।

लेखक:- सुरन्ती महरा दार्चुला पब्लिक स्कुल दार्चुलाकी शिक्षिका हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.