के दोष दिनु 

के दोष दिनु

बार बार यसरी हारीरहे ती प्रहार संग
दोषी म छु या उ फैसला दोधारसंग।
रोजेको खोजेको त कहा पुग्छ र जिन्दगीमा
व्यर्थै के दोष दिनु निर्दोष निधार संग ।

भुल्छौं टेकेको धर्ती आकाशका कुरा गर्छौ
के गुनासो गर्नु र प्रिया तिम्रो बिचार संग ।

हेरन उसलाई नाथे म जितेको घमण्ड छ
मलाई अझै गर्भ लाग्छ पहिरन अनि श्रृंगार संग ।

कति सुन्दर हुन्छन् है सपना हरु सम्झिउ आस लाग्छ नसम्झिउ आँसु आउँछ
बेर्थै के दुःख पोख्नु र अब उपहार संग।

सायद मेरो पर्खाइ नै पक्कै गलत थियो
के दुःख पोख्नु र अब उस्को दिग्दार संग।

लेखक : रिजन पन्त
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस

Leave A Reply

Your email address will not be published.