अविरल सङ्घर्ष

सुजाता ठगुन्ना

अविरल सङ्घर्ष

बाबा तपाईँको माया अविरल छ,
जीवनभरि फैलिएको अमूल्य अचल छ।
जितमा साथ अनि हारमा सान्त्वना दिनुहुन्छ ,
अध्यारोको क्षणमा पनि आशाको ज्योति जलाइदिनु हुन्छ।

जहाँ आमा जीवन दिनुहुन्छ ,
त्यहाँ तपाईँ भविष्यको बाटो देखाउनुहुन्छ ।
आफ्ना इच्छा र सपना थामेर ,
परिवारलाई खुसीको आकार दिनुहुन्छ।

तपाईँको श्रम अविरल नदी जस्तै,
नरोकिने नथाक्ने कहिले नथाम्ने।
त्याग र ममताको गहिरो धारामा,
हाम्रो भविष्य फक्रिएको छ।

बाबाको सङ्घर्ष मैले पृष्ठमा मात्र होइन ,
आफ्नो भित्री मनले देखेकी छु।
लेख्न त सबैले लेख्छन् हजुरको बारेमा,
तर मैले साँच्चै बुझेर नै लेखेकी छु।

जतिसुकै गल्ती भएपनि सजिलै माफ दिनुहुन्छ ,
मेरो सफलतामा रमाउन सक्ने सच्चा भगवान तपाईँ हुनुहुन्छ।
यो स्वार्थी दुनिया पनि निस्वार्थ प्रेम,
बोकीरहन सक्ने असीम धैर्य तपाईँ हुनुहुन्छ।

म तपाईँ जस्तो सङ्घर्ष त गर्न सक्दिन ,
तर त्यो श्रमलाई पनि खेर जान दिन्न ।
अविरल परिश्रमलाई जीवनको मन्त्र बनाएर ,
सधैँ तपाईँलाई गर्व दिलाउने प्रतिज्ञा गर्छु।

अविरल मेहनतलाई जीवनको गीत,
बाबा तपाई नै मेरो प्रेरणाको प्रित।

लेखक:- सुजाता ठगुन्ना
विद्यालयको नाम: महेन्द्र माध्यमिक विद्यालय खलङ्गा दार्चुला

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.