मेरो जन्मभूमी 

गीता धामी

मेरो जन्मभूमी 

जन्मेको स्थल दार्चुला हो, नेपाल भूभाग हो।
खोसेका लिपुलेक आदि फिर्ता ल्याउनु छ, यही मेरो माग हो।
आमा तिमी जन्मदिने र जन्मभूमि एउटै भएकाले
भारतले जमिन खोसेपछि म आज दुखी भएको छु।

जन्मे बुद्ध यही, जनक यही, सीता र शाक्य पनि यही,
भीमसेन यही तथा दशरथ वीरादि जन्मे यही।
यस्ता वीर सपूत जन्मे यो पवित्र नेपालमा,
रक्षा गर्नु सदैव, विज्ञजन रहौं आफ्नै ठाउँमा।

कैलासे शिवको पुरी नजिकै श्री शैल्यमालिकार्जुन,
सीमा छुट्याउँदै बग्छे पवित्र काली नदीको धुन।

म गर्छु आज बन्दना, हे जन्मभूमि दार्चुला,
जता कतै गए पनि सम्झना तिमी नै फर्कुला।
छ आशा—जन्मभूमिको राखौं सम्मान र लाज,
मिलौँ हामी हातेमालो गर्दै, अघि बढौँ आज।

लेखिका: गीता धामी
श्री घटाल माध्यमिक विद्यालय, सुडा, महेन्द्रनगर, कञ्चनपुर

Leave A Reply

Your email address will not be published.