दार्चुलाको तिङ्करमा तीन सातादेखि सञ्चार सेवा विच्छेद

दार्चुला। चीनको सीमा नजिक पर्नेे दार्चुलाको  तिङ्कर गाउँमा तीन सातादेखि सञ्चार सेवा विच्छेद भएको छ । गत साउन २८ गते आएको बाढीपछि तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन ।

तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्याएपछि टेलिफोन सेवा बन्द भएको स्थानीय आस्तिक तिङ्करीले जानकारी दिनुभयो । फोन सेवा नहुँदा समस्या भएको उहाँले बताउनु भयो । गाउँमा भिसेट फोन पनि छ । तर निरन्तरको बर्षाका कारण त्यसले राम्रोसँग काम नगरेको बताइएको छ ।

व्यास गाउँपालिका–१ को तिङ्करमा ७० परिवारको बसोबास छ। यहाँका नागरिक गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए। व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीले भने, “गत साउन २८ गतेदेखि नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयसँगको सम्पर्क टुटेको छ।” यहाँका बासिन्दा मङ्सिरमा फेरि खलङ्गा झर्ने गर्छन्।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले तिङ्करको टावरमा जडान भएको सफ्टवेयरमै समस्या भएको हुनसक्ने बताए। “सेवा सञ्चालन नभएकाबारे केन्द्रीय कार्यालयलाई जानकारी गराएका छौँ,, समस्या समाधानको प्रयास भइरहेको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.