चारदिनपछि घरआउँछु भनेका उत्तम थापा सधैका लागि अस्ताए, परिवारमा बज्रपात

जेनजी आन्दोलनले खोस्यो परिवारको सहारा र भरोसा

दार्चुला— दार्चुलाको लेकम गाउँपालिका ३, गुमाखोली घर भएका प्रहरी जवान उत्तम थापा सधैको लागि अस्ताएका छन । विगत ९ वर्षदेखि प्रहरी सेवामा कार्यरत रहेका थापा भाद्र २४ गते मंगलबार जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा कुटपिटमा परेर मृत्यु भएको हो ।

आज भन्दा ७ महिना अघिमात्र घाँसदाउरा गर्ने क्रममा भाइ गुमाएका थापाले जेन–जीको आन्दोलनपरी उनले पनि ज्यान गुमाएका छन । घरको जेठा छोरा भएपछि सबै जिम्मेवारी उनको काँधमा आएको थियो । चार दिनपछि घर आउँछु भनेर जानकारी समेत गराएका थापा अब कहिले घरनफर्किने गरी अस्पताएका छन ।

लेकम गाउँपालिका वडा ३का वडा अध्यक्ष सुरेश थापाका अनुसार आन्दोलनकै दिनपनि साथीभाइहरुसँग आफू सुरक्षित रहेको  भनेर घरमा फोन गरेको बताउनु भयो । पछि उनको मृत्युको खबर आएको उहाँले बताउनु भयो ।

थापाकै जागिरले उनको घरपरिवार चल्दै आएको थियो । थापाका बुबा सुगरका कारण पहिले नै मृत्यु भएको थियो । श्रीमानसँगै दुवै छोरा गुमाउँदा थापाको आमा बोल्न सक्ने अवस्थामा नरहेको बताएका छन । उनीहरू गाउँमा कच्ची घर छ भने उब्जनी गरेर खान पुग्ने जमिन समेत नभएको अध्यक्षले थापाले जानकारी दिनुभएको छ । थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ।

गाउँमा होनहार युवाको अकालमै ज्यान गुमेपछि घरमा रहेकी बुढी आमाको बुढेसकालको सहारा गुमेको छ । आर्थिक रूपमा विपन्न थापा परिवारको सहारा र भरोसा दुवै थिए उत्तम ,त्यही दिनबाट यो परिवारले सधैका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहरा पनि गुमायो।

छोराको शोक बारेर बसेकी उनकी आमले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताए। ‘घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ? ’, गहभरि आँसु पार्दै उनकी आमाले भने।

Leave A Reply

Your email address will not be published.