रेडियो लिपुलेकले समाज रुपान्तरणका लागि खेलेको भुमिका सकारात्मक : निवर्तमान सांसद बडू

दार्चुला ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दार्चुलाबाट निर्वार्चित निवर्तमान प्रतिनिधिसभा सदस्य पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले सामुदायिक रेडियो लिपुलेक एफएम ९९.६ मेगाहर्ज चौथा वर्षपुरा गरी पाचौँ बर्षमा प्रबेश गरेको सुखद अवसरमा शुभकाना ब्यक्त गरेका छन ।

बुधबार आज फोन सम्बाद मार्फत निवर्तमान प्रतिनिधिसभा सदस्य बडूले रेडियोको उत्तरोउत्तर प्रगतिको कामना सहित शुभकानाब्यक्त गर्नुभएको हो । शुभकामना ब्यक्त गदैँ पुर्वमन्त्री बडूले सामाज रुपान्तरणका लागि सामुदायिक रेडियो लिपुलेक एफएमले खेलेको भुमिका सकारात्मक र महत्वपुर्ण रहेको बताएका छन ।

फोनसम्बाद मार्फत उनले सूचनाको हकको कार्यान्वयनका लागि रेडियो लिपुलेकले समाजमा जनचेतनाको जागरण संगै आफ्नो मौलिक धर्मसंस्कृतीको संरक्षण तथा समाज रुपान्तरणमा खेलेको भुमिका अत्यन्तै सकारात्मक र श्रायिन रहेको बताएका छन ।

उनले सामाजिक विभेद, कूरिति एवं विसङ्गतिविरूद्ध खरो रूपमा प्रस्तुत हुँदै सामाजिक जागरण एवम् रूपान्तरणका क्षेत्रमा सामुदायिक रेडिया लिपुलेकले निर्वाह गरेको भूमिकाले सभ्य समाजको निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने पनि बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.