जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दाहालको सरुवा ,महत दार्चुला आउदै

दार्चुला । जिल्ला प्रहरीकार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले उनको बुधबार सरुवा गरेका हो ।

उहाँसंगै नेपाल प्रहरीका ९० जना डिएसपीहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) खापुङले दार्चुलाका डिएसपी प्रकाश दाहाललाई जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा गरेको छ ।

सरुवा भएका दाहाल एकवर्ष अघिमात्रै दार्चुला आएका थिए । जिल्लाबाट दाहालको सरूवासँगै बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अनुसन्धान शाखा हेटौंडाबाट डिएसपी गौरब महत दार्चुला आउने भएका छन् ।

सरुवा भएका दाहालको जिल्ला बसाइको क्रममा लागूऔषध नियन्त्रण, ठगी नियन्त्रण, चोरी नियन्त्रणजस्ता संवेदनशील मुद्दामा सफलता हात पारेका छन् । दाहालको उत्कृष्ट कार्यसम्पादनका कारण उनलाई आर्थिक वर्ष ०८१÷०८२ को कार्यसम्पादन मुुल्याङ्कनमा प्रदेश तहमै उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.