जिल्ला अस्पताल दार्चुलामा डेंगी र स्क्रबटाइफसका बिरामी बढे

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा डेंगु र स्क्रबटाइफसका विरामी बढ्दै गएका छन । जिल्ला अस्पताल स्रोतका अनुसार गत साउन र भाद्र महिनाको तथ्याङ हेर्दा पनि अस्पतालमा डेंगु र स्क्रबटाइफसका विरामी बढेको देखिएको हो ।

सात गाउँपालिका र दुई नगरपालिका गरी जम्मा नौ स्थानीय तह भएको जिल्लामा डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण दिनदिनै बढ्दै गएपछि जोखिम बढेकोे छ । अहिले फ्याटफुट रुपमा डेंगु र स्क्रबटाइफसका विरामी देखिन थालेको अस्पतालका सुचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

गएका दुई महिनामा मात्रै अस्पतालमा उपचारका लागि आएका १६ जना महिला पुरुषमा डेंगुसंक्रमण पुष्टि भएको थियो । यस्तै ८० जना महिला पुरुषमा स्क्रबटाइफस देखिएको सुचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

जसमध्ये २५ जना पुरुष र ५५ जना महिलामा स्क्रबटाइफस देखिएको छ ,अन्य समान ८÷८ जना महिला पुरुषमा डेंगु देखिएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । डेङ्गु र स्क्रबटाइफसका केही बिरामी उपचारपछि घर फर्किएका छन् भने केही उपचाररत छन् ।

डेङ्गु रोगको नियन्त्रणका लागि विशेष उपचार नभएकाले सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउने, धेरै आराम गर्ने, ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्ने सुझाव दिएका छन ।
स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा र शरीर दुख्ने जस्ता भाइरल ज्वरोसँग मिल्दा लक्षण देखिन्छ । माइटको टोकाइबाट सर्ने यो रोगको उपचारमा ढिलाइ भए जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.