दुहुँ गाउँपालिकामा नवनिर्मित परीक्षा हलको उद्घाटन

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा नवनिर्मित परीक्षा हलको उद्घाटन गरिएको छ । शुक्रबार गाउँपालिकाको वडा नं २ मा रहेको गौरिलमाण्डौँ मावि.हिकिलाको नवनिर्मित परीक्षा हल भवनको उद्घाटन गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिह बडालले एक औपचारिक कार्यक्रमका  विच भवनको उद्घाटन गरेको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

कार्यक्रममा नमस्कार निर्माण तथा ढुवानी सेवाका प्रमुख सर्प राज बडूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको उहाँले बताए ।

नमस्कार निर्माण सेवाले आजै गाउँपालिकालाई परीक्षा हल हस्तान्तरण गरेको छ । समयमै निर्माण सम्पन्न गरेकोमा निर्माण व्यवसायीहरुलाई धन्यवाद दिदै हल निर्माण पश्चात् परीक्षा तथा विद्यालयका कार्यक्रमहरु व्यवस्थितरुपमा सञ्चालन गर्न मद्दत पुग्ने पालिका अध्यक्ष बडाले बताएका छन ।

यस्तै यस अघि निर्माण कार्य सम्पन्न भएको दुहुँ गाउँपालिका वडा न. २ को वडा कार्यालय भवनका निर्माण भूमिराज निर्माण सेवालाई समेत सम्मानपत्र प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति देवी बम, प्रमुख प्रशासकीय अधिकत दिनेश जोशी र २ न वडा अध्यक्ष गोविन्द सिह डडाल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

Leave A Reply

Your email address will not be published.