चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी( हेर्नुस् प्रशासनद्वारा जारी सुचना)
दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले चाडपर्वलाई कारण देखाएर कृत्रिम मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार प्रशासनले बडादशैको जिल्लाबासीमा विशेष अनुरोध जारी गदैँ चाडपर्वको बाहाना बनाएर कृत्रिम मूल्यवृद्धि, नाफोखोरी गर्ने, कालोबजारी गर्ने व्यापारीलाई कानुन अनुसारको कारबाही गर्ने चेतावनी दिएको हो ।
व्यापारीलाई उपभोक्ता हित विपरीत हुने गरी कुनै कार्य नगर्न, म्याद नाघेका खाद्य सामग्री विक्रि नगर्न, अत्यावश्यक खाद्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
यस्तै म्याद गुज्रेका वा अखाद्य वस्तु बिक्री गर्नेमाथि कानुन बमोजिम कडा कारबाही हुने उहाँले बताए । बजार अनुगमनका सबै संयन्त्रलाई थप प्रभावकारी बनाउने प्रशासनले जनाएको छ ।
बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सुरक्षित तथा अनुशासित वातावरणमा चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । मनसुनजन्य बर्षातको समयमा ग्रामिण कच्ची सडकहरु पहिरोको कारण जोखिम भए नभएको सुनिश्चिता गरेर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ ।
आपत्कालीन सेवा जस्तै अस्पताल, एम्बुलेन्स, दमकल, सवारीसाधन, स्काभेटर, जनशक्ति र इन्धन तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ । बदलिँदो मौसमी परिस्थितिबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गर्न समेत प्रशासनले आह्वान गरेको छ ।
यसैगरी देउसी–भैलो तथा चाडपर्व लक्षित खेलकुद प्रतियोगिता (जस्तै क्रिकेट, फुटबल) सञ्चालन गर्दा अनुशासित र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।
चाडपर्वको अवधिमा सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र ट्राफिक नियमको पुर्ण पालना गर्न गराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।
यो वर्षको दसैँ ६ गते घटस्थापना देखि सुरु भएको छ । असोज १३ गते सोमबार फूलपाती,परेको छ । यस्तै असोज १४ गते मंगलबार महाअष्टमी पर्व असोज १५ गते बुधवार महानवमी र असोज १६ गते बिहीबार विजयादशमीको टिका रहेको छ ।
हेर्नुस् प्रशासनले जारी गरेको सूचना ।