बैतडीमा इभी दुर्घटना, १० जना घाइते

दार्चुला । बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा इभी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको जिप शनिबार आज दिउँसो ३ बजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत भञ्ज्याङमा दुर्घटना भएको हो ।

जिपमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते मध्ये ६ जनाको अवस्था सामान्य र ४ जनाको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ बर्षीय भुवन साउँद, २८ बर्षीया यशोदा साउँद, ५ बर्षीय कोबित पन्त, २८ बर्षीया पवित्रा पन्त,१९ बर्षीय नरेश बोहरा २८ बर्षीया वसन्ती अवस्थी र १७ बर्षीय विकास साउँद रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिका –४ का १९ बर्षीया कमला धानुक, सोही ठाउँका २२ बर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ बर्षीया सावित्री धामी पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरी

निरीक्षक बडूले बताए । इभी चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इभी सडकबाट करीब २५ मिटर तल खसेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.