दार्चुला जेनजी आन्दोलन : कारागारबाट फरार कैदीबन्दीको खोजी गर्न कार्यदल गठन

दार्चुला । दार्चुलामा जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी खोजी गर्नका लागि कार्यदल गठन गरिएको छ ।

सरकारको मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लामा ‘फरार कैन्दीबन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गर्न निर्देशन दिएपछि आइतबार जिल्लामा कार्यदल गठन गरिएको हो ।

सोही कार्यदल अनुसार जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामी संयोजक रहने गरी ६ सस्यीय कार्यदल गठन गरिएको कारागार प्रशासक सरिता चन्दले जानकारी दिए ।

कार्यदलमा कारागार प्रशासक सरिता चन्द सदस्य सचिव रहेने गरी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावत, शसस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रहरी निरीक्षक कमलेश प्रसाद भट्ट,अनुसन्धान अधिकृत धिरज बहादुर रावल, सहायक जिल्ला न्यायाधिवक्ता गौर सिह महर सदस्य रहेका छन । कार्यदलले फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने जनाएको छ ।

यस्तै कार्यदलले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह समेत गरेको छ । कारागार फर्किन बाँकी कैदीबन्दीहरूको सम्बन्धमा असोज २० गतेभित्र कारागार फर्की आउन र सोही समयभित्र फर्की नआए कारागार ऐन, २०७९ र अन्य प्रचलित कानून बमोजिमको कारबाही हुने कार्यदेशमा उल्लेख गरिएको छ ।

कार्यदलले फरार आठ जना कैन्दीबन्दीहरुलाई बेला बेला कारागार फर्कन आग्रह गरे पनि हालसम्म कारागार नआएकाले असोज २० गतेसम्म कारागार फर्की आउन पुनः आग्रह गरेको छ । फरार कैदीबन्दीहरुको खोजीकार्यलाई शीघ्र एवं प्रभावकारी तुल्याउन जिल्लास्थित सुरक्षानिकायहरुसित निरन्तर प्रभावकारी समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।

कारागार प्रशासकले कारागारमा फर्किसकेका र फर्किन बाकी बन्दीकदीहरुको विबरण दैनिक अद्यावधिक गरी कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन, सुरक्षा समिति,सुरक्षा निकायहरु जिल्लास्थित कार्यदल र अन्य जिल्लाका कार्यदललाई पठाउने निर्णय भएको सदस्य सचिव एवं कारागार प्रशासक सरिता चन्दले जानकारी दिनु भयो ।

 

Leave A Reply

Your email address will not be published.