दार्चुला कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० सम्मको समय, त्यसपछि कारबाही

दार्चुला । कारागार कार्यालय दार्चुलाले भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै गत भदौ २४ गते बेलुकी कारागार कार्यालयबाट बाहिर निस्किएका कैदीबन्दीलाई यही असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह गरको हो ।

त्यसदिनसम्म पनि नफर्किनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने सूचनामा उल्लेख छ ।

कारागार प्रशासक तथा फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदलका सदस्य सचिवद्वारा जारी सूचनामा फरार रहेका कैदीबन्दीलाई लुकाउने, छिपाउने आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने चेतावनी दिएको छ ।

कैदीबन्दी कतै रहेको जानकारी भए नजिकको प्रहरी कार्यालयलमा जानकारी गराएर सहयोग गरिदिनुहुन समेत सूचनामा भनिएको छ । कारागार कार्यालय दार्चुलाबाट गत भदौ २४ गते साझ ७१ जना कैदीबन्दी भागेका थिए । जसमध्ये ६३ जना कारागार फर्किएका छन । अन्य ८ जना सम्पर्कमा नआएकाले तत्काल कारागार फर्किन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.