दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको ज्यान गयो ६ जना धनगढी रेफर

दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । आइतबार जिल्लाको महाकाली नगरपालिका -९ सकारबाट वडा – ६ को निसिलतर्फ आइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार ३० वर्षिय नरेश बहादुर पालको ज्यान गएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार पालको अस्पताल ल्याउदैँ गर्दा बाटोमै ज्यान गएको बताइएको छ । अन्य ६ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको अस्पतालका सुचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । सुचना अधिकारी भट्टका अनुसार २४ वर्षिय लोकेन्द्र सिह धामी,२८ वर्षिय पंकज पाल,२८ वर्षिय जय बहादुर पाल,२४ वर्षिय सुमन पाल गाडी चालक ४० वर्षिय अम्मर सिह धामी र १४ वर्षिय सुमन पाललाई उपचारका लागि प्रदेशस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए ।

रिफर गरिएका उनीहरुको अनुहार लगायत टाउँकोमा चोट रहेको छ । अन्य ४ जनालाई जिल्ला अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनेहरुमा भानबहादुर पाल, ओमप्रकाश ढाट,रोजीन पाल र जनक सिह धामी रहेका छन ।

डिस्चार्ज गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य देखिएपछि घर पठाइएको अस्पतालले जनाएको छ । जिपमा जम्मा ११ जना सवार रहेका थिए । जीप सडकबाट करिब डेढ सय मिटर तल खोलामा खसेको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान  गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.