कोरोना सङ्क्रमण दर ४ प्रतिशतभन्दा कम

दार्चुला   –  शनिवार लगातार दोस्रो दिन पनि कोरोना भाइरसको सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । गएको २४ घण्टामा तीन हजार नौ सय ३२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ५३ प्रतिशत अर्थात् एक सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार चार सय १७ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

हिजो शुक्रवार पनि चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ​

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ९६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार आठ सय ३४ जना पुगेको छ ।

यही अवधिमा एक जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३९ पुगेको छ ।

 

Leave A Reply

Your email address will not be published.