इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्सपेक्टर ऐरीको बिदाइ

दार्चुला । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीको बिदाई गरिएको छ ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट सरुवा भई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तालिम शाखा रामशाहपथ,काठमाडौ सरुवा भएका प्रहरी निरीक्षक ऐरीको शनिबार एक कार्यक्रमका बीच बिदाई गरिएको हो ।

करिब १४ महिना गोकुलेश्वर बसेका ऐरीको कार्यकालमा यस क्षेत्रको शान्ति सुरक्षालगायतका विषयमा यहाँका स्थानीयहरुले महत्वपूर्ण समन्वय गरेको बताएका छन । इप्रका गोकुलेश्वर प्रहरीको नेतृत्व सम्हालेर करिब १४ महिना सम्म प्रहरी निरीक्षक ऐरीले कुशल कार्य गरेको भन्दै त्यहाँका स्थानीयहरुले प्रशंसा गरेका छन् ।

इप्रका गोकुलेश्वरको प्रमुखको जिम्मेवारी सम्हालेपछि ऐरीले इप्रका गोकुलेको कार्य क्षेत्रभित्र हुने गरेको लागुऔषध कारोवार, अवैध मदिरा कारोबार,अवैध काठ कटानी, चोरीतस्करीका साथै अपराधिक गतिविधी नियन्त्रणका लागि अपरेसन सन्चालन गरेका थिए ।

लागूऔषध कारोबार गर्नेदेखि प्रयोग गर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्दै कारबाही गर्न थाल्यो । लागूऔषध दुव्र्यसनमा युवाहरु बढी फसेको पाइएपछि प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरेर गोकुलेश्वरलाई लागूऔषध मुक्त बनाउन प्रहरी सकृय बनेको थियो ।

प्रहरी निरीक्षक ऐरीको सकृयतामा लागूऔषध कारोवार नियन्त्रण गर्न लागिरह्यो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक ऐरीलाई २०८१ ‘कार्तिक महिनाको उत्कृष्ट प्रहरी’ (अवार्डबाट सम्मानित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.