कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका(२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० टेकबहादुर जोराले बताए । घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको उनले बताए ।

बसमा पाँच जना सवार थिए । दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका(३ दैजीका ४६वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.