अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ

कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही नगरपालिका–५ नुक्लिपुर बस्ने १९ वर्षीय शैलेश चौधरी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.