दार्चुुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सिलाई कटाई एड्भान्स सीप विकास तालिम सञ्चालन भएको छ ।
गाउँपालिकाको चालू आर्थिक बर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकामा गारमेन्टस उद्योग स्थापना गरि स्थानीय नागरिकलाई रोजगार दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
आइतबारबाट सञ्चालन भएको तालिम आगामी मंसिर २२ गते सम्पन्न हुने गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ ।
पालिका भित्रका १० जना उद्यमीहरुलाइ स्वरोजगार बनाउने उद्देश्यका साथ सिलाइकटाइ एड्भान्स सीप विकास तालिम संचालन गरिएको बताइएको छ । तालिम एक महिना सम्म संञ्चालन हुने भएको छ ।