दार्चुला । दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित तयारीका लागि प्रतिनिधि खटाएको छ ।
अगामी फागुन २१ को निर्वाचनलाई ध्यानमा राखेर पार्टीको अवस्था बुझ्नका लागि दार्चुलामा प्रतिनिधि खटाएको रास्वपाले जनाएको छ ।
पार्टीले केन्द्रीय सदस्य, रविना घिमिरेलाई जिम्मेवारी दिएर दार्चुलामा खटाउने निर्णय गरेको रास्वपाले जनाएको छ ।
पार्टीको सांगठनिक अवस्था, सबल र दुर्बल पक्ष लगायत समेटेर तयार गरेको प्रतिवेदन केन्द्रलाई पेस गर्ने प्रतिनिधिलाई जिम्मेवारी तोकिएको छ ।
प्रतिनिधि खटिएका नेताहरुले कहिलेदेखि खटिने र कति समयसम्म रहने विषयमा भने यकिन भई नसकेको रास्वपाले जनाएको छ ।