एनपीएल: चितवनले टस जित्यो, काठमाडौंले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै काठमाडौं गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी एनपीएलमा चितवन राइनोजले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै काठमाडौं गोर्खाजले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ र चौथो स्थानमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.