मालिकार्जुन खबर प्रभाव: ‎शैल्यशिखर नगरपालिकाका स्वास्थ्यकर्मीहरुकाे करार सम्झाैता थपियाे

दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिकाले पालिका भित्र करारमा रहेका स्वास्थ्यकर्मिहरुकाे पुनः छ महिनाका लागि करार सम्झौता थप गरेकाे छ । चालू आर्थिक बर्षकाे साउन १ गतेबाट नगरपालिका भित्र रहेका आधादर्जन भन्दा बढी सामुदायिक स्वास्थ्य इकाइ केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ हाजिर लगाउन नगरपालिकाले राेक लगाएकाे थियाे । बिगत चार महिनादेखि स्वास्थ्य जस्तो सम्वेदनसिल क्षेत्रहरु स्वास्थ्यकर्मी बिहिन भएपछि स्थानीय सरकारकाे व्यापक आलोचना हुदै आएकाे थियाे । सेवाग्राही हरुकाे व्यापक आलाेचना र आक्राेसपछि नगर पालिकाले पुनः स्वास्थ्यकर्मीहरुकाे करार सम्झौता छ महिनाका लागि थजप गरेकाे हाे । कारर सम्झौता थप गरिएसङ्गै बिगत चार महिनादेखि काम बिहिन भइ घरबस्दै आएका स्वास्थ्यकर्मीहरु आफू कार्यरत सामुदायिक स्वास्थ्य इकाइ केन्द्रहरूमा आइ सेवा दिन थालेका छन । शैल्यशिखर नगरपालिकाले नगर पालिका भित्र रहेका सबै स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मचारीहरुलाई मंसिर महिनाको १ गतेबाट २०८३ वैशाख मसान्तसम्म कायम रहने गरि ६ महिनाका लागि करार सम्झौतामा गरिएको बरमुडे स्वास्थ्य इकाइ केन्द्रका स्वास्थ्यकर्मी पुजा खत्रीले बताउनुभयाे। बिगत चार महिनादेखि बन्द रहेका सामुदायिक स्वास्थ्य इकाइ केन्द्रहरू संचालनमा आए सङ्गै सेवाग्राहीहरूले सेवा पाउने भएका छन।

स्वास्थकर्मीहरुको करार सम्झौता थप गरिएको छ । केहिदिन पहिले नगरपालिले करारका कर्मचारीहरुलाइ हटाएको बारे मालिकार्जुन खबरमा समाचार प्रकाशित गरेको थियोे

Leave A Reply

Your email address will not be published.