जेनजी प्रदर्शनको क्रममा प्रहरीको हतियार लुट्ने दार्चुलाका एक जना सहित तीन जना पक्राउ

काठमाडौँ । गत भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा लुटिएको प्रहरीको हतियार सहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ–१४ कलंकी घर भई भुरूङखेल बस्ने २८ बर्षिय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भई हाल काठमाडौँको सुन्धारा बस्ने वर्ष १९ बर्षिय डेबिड भन्ने रामचन्द्र कुँवर र काठमाडौँ–१३ बाफल बस्ने ३१ बर्षिय विराट प्रसाद जोशी पक्राउ परेका हुन् ।
उनीहरुसँगबाट नेपाल प्रहरी लेखिएको टाइप ५४ पेस्तोल र दुई थान मोबाइल जफत गरिएको प्रहरीले जनाएको छ । तिनै जनालाई प्रहरीको स्वचालित हतियारसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहिको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।
अनुसन्धानको क्रममा रसिल जोशी प्रहरी वृत्त स्वयम्भु काठमाडौँमा लागु औषध मुद्दामा हिरासतको अवस्थामा भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत खुलेको छ ।

Leave A Reply

Your email address will not be published.